नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १५:३२

मकवानपुर । फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ ।

कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।

क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाईज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम हुने बताईएको थियो ।

क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनीक गरेको हो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।

यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाईज लिगले पुर्याएको योगदानको कदर सहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ । साथै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमती दिन सकिने क्यानले जनाएको छ ।

यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाईज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् ।

उनीहरु क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमती लिएर सञ्चालन हुने पाउनेछन् ।

बैठकले २०२२ अप्रिल १ गतेबाट लागु हुने गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टिमका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टिमका सी श्रेणीका खेलाडीको ५ हजार र बी र ए श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको छ ।

यस्तै, सम्पुर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*