बैंगलोर र गुजरात भिड्दै

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ११:३२

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

बैंगलोर आज जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।

बैंगलोर १३ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

गुजरात प्ले अफ पुग्ने पहिलो टोली हो । आज बैंगलोरलाई हराएर गुजरात शीर्ष स्थान कायम राख्न चाहन्छ ।

गुजरात १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस अघिको भेटमा गुजरातले बैंगलोरलाई हराएको थियो ।

मुम्बईमै भएको खेलमा गुजरातले बैंगलोरलाई ६ विकेटले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*