शीर्षस्थानको गुजरात पराजित

बकैया दर्पण संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:२३

एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ ।

मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो ।

जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

पन्जाबका लागि शिखर धवनले अविजित ६२, भानुका राजपाक्षेले ४०, लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए ।

गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।

गुजरातका साई सुदर्शनले अविजित ६५, ऋद्धिमान शाहले २१ तथा डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।

गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*