कोलकत्ताले राजस्थानलाई ७ विकेटले हरायो

बकैया दर्पण संवाददाता
२० बैशाख २०७९, मंगलवार १०:४७

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थानलाई ७ विकेटले हराएको हो ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । रिन्कु सिंह ४२ रन अविजित रहे । कप्तान श्रेयस एयर ३४ तथा बाबा इन्द्रजितले १५ रनमा आउट भए ।

राजस्थानका प्रशिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले १र१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय इनिङ खेले । जोस बट्लरले २२ तथा शिम्रन हिटम्मायर २७ रनमा अविजित रहे । जस बटलर २२, रियान पराग १९ र करुण नायर १३ रनमा आउट भए ।

कोलकत्ताका टिम साउथीले २ विकेट लिए । शिवम माभी, उमेश यादव र अनुकोल रोयले १/१ विकेट लिए ।

योसँगै कोलकत्ताले लगातार पाँच खेलमा हारको यात्रा अन्त्य गर्दै प्ले अफको अंक गणितिय सम्भावना कायमै राखेको छ । कोलकत्तालाई प्लेअफमा पुग्न बाँकी चार खेलमा जित निकाल्नुको साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*