कोपा डेल रे को उपाधि बेटिसले जित्यो

बकैया दर्पण संवाददाता
११ बैशाख २०७९, आईतवार १०:४६

एजेन्सी । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १–१ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

निर्धारित खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, ३० औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् ।

बेटिसले तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*