म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १०:२३

ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ ।

बुधबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–० ले विजयी भएकाे छ । ब्राइटन विरुद्धको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए ।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा शीर्ष स्थानको लिभरपुललाई प्रतिस्थापन गरेको छ । लिगमा ३२ खेलबाट म्यान्चेस्टर सिटीको ७७ अंक छ भने लिभरपुलको ७६ अंक छ ।

तेस्रो स्थानको चेल्सीले ३१ खेलबाट ६२ अंक जोडेको छ । बुधबार राति भएको खेलमा चेल्सीलाई आर्सनलले ४–२ ले हराएकाे थियाे ।

त्यस्तै, न्युकासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्दा एभर्टन र लेष्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*