आईपीएलमा राजस्थानले कोलकत्तालाई ७ रनले हरायो

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:२०

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्तालाई ७ रनले हराएको हो ।

२१८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन बनाएपछि राजस्थान ७ रनले विजयी भएको हो ।

कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए ।

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५,ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।

राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसनले ३८ रन जोड्दा शिम्रन हिटमायरले अविजित २६ र देबदुत पडिकलले २४ रन बनाए ।

कोलकत्ताका सुनिल नारिनेले २ तथा प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*