आईपीएलमा लखनउ र बैंगलोरको जित

बकैया दर्पण संवाददाता
४ बैशाख २०७९, आईतवार १०:३४

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेका छन् ।
शनिबार भएको खेलमा लखनउले मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्र बनायो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ३७ रन जोड्दा डिवल्ड ब्रेभिसले ३१, तिलक बर्माले २६, केइरन पोलार्डले २५ तथा जयदेव उनादकटले १४ रन बनाए ।
आवेश खानले ३ तथा दुश्मन्था चामिरा, मार्कस स्टोइनिस, रवि विश्रोई र जेसन होल्डरले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन जोडेको थियो ।
लखनउका लागि केएल राहुलले अविजित १ सय ३, मनिष पाण्डेले ३८, क्विन्टन डी ककले २४, दीपक हुडाले १५ तथा मार्कस स्टोइनिसले १० बनाए ।
मुम्बईका जयदेव उनाद्कटले २ तथा मुरुगन आश्विन र फबिएन एलेनले १९१ विकेट लिए ।
शनिबार राति भएको अर्को खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।
बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनायो ।
दिल्लीका डेविड वार्नरले ६६, कप्तान ऋषव पन्तले ३४, पृथ्वी शले १६ मिचेल मार्शले १४, तथा अक्षर पटेल र कुलदिप यादवले समान १०र१० रन बनाए ।
बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।
बैंगलोरका लागि दिनेश कार्तिकले ६६, ग्लेन म्याक्सवेलले ५५, शाहबाज अहमेदले ३२ तथा विराट कोहलीले १२ रन बनाए ।
दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले १र१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*