राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

बकैया दर्पण संवाददाता
२ बैशाख २०७९, शुक्रबार ०९:५३

मकवानपुर । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको हो ।
गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो ।
राजस्थानका ओपनर जस बटलरले २४ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । शिम्रन हिटमायरले २९ तथा रियान परागले १८ रन जोडे । जेम्स निशमले १७ तथा कप्तान सन्जु सामसनले ११ रन बनाए ।
गुजरातका लकी फर्गुसन र यश डायलले ३/३ तथा मोहम्मद शामी र हार्दिक पान्ड्याले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन जोडेको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पान्ड्या सर्वाधिक ८७ रनमा अविजित रहे । अभिनव मनोहरले ४३ रन जोडे । डेविड मिलरले ३१ रनको आक्रामक अविजित इनिङ खेले । यसैगरी, सुभमन गिलले १३ र म्याथ्यु वेड १२ रन बनाए ।
राजस्थानका कुलदिप सेन, युजभेन्द्र चाहल र रियान परागले १/१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*