मुम्बईको लगातार पाँचौं हार

बकैया दर्पण संवाददाता
१ बैशाख २०७९, बिहीबार १२:००

मकवानपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार व्यहोरेको छ ।
बुधबार राति मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो ।
१ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।
मुम्बईका डेवाल्ड ब्रेभिसले ४९ रनको विष्फोटक इनिङ खेले पनि टोलीले हार टार्न सकेनन् । सूर्य कुमार यादवले ४३ रन बनाए । यसैगरी, तिलक बर्माले ३६ रन जोडे भने कप्तान रोहित शर्मा २८ रन बनाएर आउट भए ।
मुम्बईलाई सस्तैमा समेट्न पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।
पन्जाबका लागि शिखर धवनले ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मायांक अग्रवालले ५२ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, जितेश शर्मा अविजित ३० रन जोड्दा साहरुख खानले १५ तथा जोनी बेयर्स्टोले १२ रन बनाए ।
मुम्बईका बसिल थाम्पीले २ तथा जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १/१ विकेट लिए ।
जितसँगै पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*