चेल्सी स्तब्ध, रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:५६

एजेन्सी । दोस्रो लिगमा हारका बाबजुद स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटर फाइनलको दोस्रो खेल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले रियल मड्रिडलाई ३–२ ले पराजित गरेको हो।
तर अवे मैदानमा भएको पहिलो खेलमा ३–१ को जित निकालेको रियल मड्रिडले समग्रमा ५–४ को जितसहित साबिक विजेता चेल्सीलाई स्तब्ध बनाएको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडका लागि ८० औँ मिनेटमा रोड्रिगो र ९६ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेका हुन्। चेल्सीका लागि १५ औँ मिनेटमा मासन माउन्छ, ५१ औँ मिनेटमा रुडिगर र ७५ औँ मिनेटमा वेर्नरले गोल गरे।
निर्धात समयको खेलको गोल अनुसार समग्रमा ३–३ को बराबरी र अवे गोलको अन्तर पनि नभएपछि अतिरिक्त समयमा धकेलिएको हो। बेन्जिमाले ९६ औँ मिनेटमा गोल गरी रियल मड्रिडको पक्षमा नतिजा लगेका हुन्।
यसैबीच मंगलबार राति भएको अर्को खेलमा बार्यन म्युनिखलाई पराजित गरेर भिल्लारियल अन्तिम चारमा पुगेको छ । दोस्रो लेगमा १–१ को बराबरी भए पनि भिल्लारियलले समग्रमा २–१ ले बार्यन म्युनिखलाई पराजित गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*