एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:१२

मकवानपुर । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न लागेको हो ।
दुवै खेलमा पराजित नेपाल आज अफगानिस्तानलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।
छनोट अन्तर्गत नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले र दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*