नेपालद्वारा पिएनजीसामू १ सय ६९ रनको लक्ष्य प्रस्तुत

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार १४:१५


मकवानपुर । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर नटआउट रहे ।
बलिङतर्फ सेमो कमिआले तीन तथा चाड सोपर, काबुआ मोरी र रिले हेकुरेले समान एक–एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले चारवटै खेलमा जित निकाल्दै आठ अंक जोडेको थियो ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।
यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो ।
नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय श्रृङ्खलाको बदला लिन चाहन्छ । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो ।
नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल ३ विकेटले गुमाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*