त्रिकोणात्मक टि-२० फाइनल : पिएनजीविरूद्ध ब्याटिङ गर्दै नेपाल

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार १३:१७

मकवानपुर । नेपालमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच फाइनल खेल सुरू भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपराजित रहँदै फाइनल पुगेको नेपाललाई पिएनजीले टस जितेर पहिले ब्याटिङको निम्ता दिएको छ ।
नेपालले खेलमा मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामीलाई टोलीमा फिर्ता ल्याएको छ । घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो । मलेसियासँगको खेलका दौरान कमलसिंह ऐरीको बायाँ हातको कुमको हड्डी भाचिन पुगेपछि उनी लामो समय मैदानबाहिर हुने भएका छन् ।
नेपाल घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जित्ने लक्ष्य लिएको छ । यसअघि लिगचरणमा भएका खेलमा नेपालले पिएनजीलाई १५ रन र ३७ रनले पराजित गरेको थियो । नेपालले लिगमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराउँदै अपराजित रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*