प्रिमियर लिगमा फुटबलमा टोटनह्याम विजयी

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार १०:२४

मकवानपु। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई ५–१ ले हराउँदै टोटनह्याम हट्सपर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन बेन डेविस, म्याट डोहेर्टी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन बर्जविनले एक एक गोल गरेका हुन् । न्युक्यासलका फाबियन सारले एक गोल फर्काएका थिए । जितपछि ३० खेलाट ५४ अंकसहित टोटनह्याम तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको चेल्सी ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ । ३० खेलबाट ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७३ अंक छ ।
आइतबार राति भएको प्रिमियर लिगकै अर्को खेलमा वेष्टह्याम युनाइटेडले एर्भटनलाई २–१ ले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*