सातौँ पटक विश्वकप विजेता बन्यो अष्ट्रेलिया

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार १७:१३

सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले सातौं पटक विश्वकप जितेको हो । विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो ।
३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन् । उनी १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन् ।
यस्तै टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र चार्ली डीनले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियाको जितमा एलना किङ र जेस् जोनासेनले समान ३/३ तथा मेगन चुटले २ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसको ठुलो स्कोरमा एलेस्या हिएलेले १ सय १७ रनको शतकीय इनिङ खेलिन् ।
यस्तै रचेल हयनेसले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय इनिङ खेलेपछि अष्ट्रेलियाले ठुलो स्कोर बनाउन सफल भएको थियो ।
कप्तान मेग लेनिङले १०, एल्से पेरीले अविजित १७ र तालीय मेग्र्थले अविजित ८ रनको योगदान गरिन् ।
इंग्ल्यान्डकी एन्या शरुभोस्ले र सोफिया एक्लेस्टोनले समान ३/३ विकेट हात पारिन् ।
यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*