आज मलेसिया र पपुवा न्युगिनीकोबीच प्रतिस्पर्धा आज

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १०:२३

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।
चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।
आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पपुवा न्युगिनीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।
पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । तर, फराकिलो अन्तरले जित निकाल्न सके पपुवा न्युगिनीको पनि फाइनल पुग्ने सम्भावना कायमै रहने छ ।
सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो ।
नेपाल भने लगातार ३ खेल जित्दै फाइनल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*