मकवानपुरको उत्तरी भेगमा ३० बिगहा लागू औषध खेती फडानी

बकैया दर्पण संवाददाता
१५ पुष २०८२, मंगलवार १४:३३

मकवानपुर — मकवानपुर जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागू औषध खेतीमाथि प्रहरीले ठूलो कारबाही गरेको छ।
मिति २०८२ साल ०९ महिना ११ गतेदेखि १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, बिपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अवैध रूपमा गरिएको लागू औषध खेती फडानी गरी नष्ट गरेको हो।
प्रहरीका अनुसार राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको गाँजा अन्दाजी २१ बिगहा र अफिम अन्दाजी ९ बिगहा गरी जम्मा ३० बिगहा क्षेत्रफलमा फैलिएको लागू औषध खेती फडानी गरी नष्ट गरिएको छ।
लागू औषधको अवैध उत्पादन, ओसारपसार तथा कारोबार नियन्त्रण गर्न प्रहरीको यस्तो अभियान आगामी दिनमा समेत निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*