बकैया गाउँपालिकामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर २०८२ आयोजना हुँदै
बकैया,मकवानपुर — रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजनामा, चितवन मेडिकल कलेजको सहकार्य तथा बकैया गाउँपालिकाको सहयोगमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर २०८२ आयोजना हुने भएको छ।
शिविर मिति २०८२ पौष २६ गते शनिबार, बकैया गाउँपालिका–स्थित महेन्द्र माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुनेछ। शिविर बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
शिविरमा कान, नाक तथा घाँटी (ENT), हाडजोर्नी (Orthopedics), बालरोग (Pediatrics), दन्त (Dental), आन्तरिक चिकित्सा (Internal Medicine), फिजियोथेरापी (Physiotherapy), नेत्ररोग (Ophthalmology) तथा प्रसूति तथा स्त्रीरोग (Obstetrics & Gynaecology) सम्बन्धी सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ।
ग्रामीण तथा सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन सबैलाई आग्रह गरेका छन्।
