बकैया गाउँपालिकामा बलराम घिमिरेलाई बिदाइ, जनप्रतिनिधि र कर्मचारीको उपस्थिति
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत कर्मचारी श्री बलराम घिमिरेको अनिवार्य अवकाशको अवसरमा एक बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धरमराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, विभिन्न वडाका वडा अध्यक्षहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

वि.सं. २०५६ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएका घिमिरेले साविक श्रीपुर छतिवन गाविसमा सचिव पदबाट सेवा सुरु गर्नुभएको थियो। त्यसपछि २०६०/१२/०१ गतेदेखि बकैया गाउँपालिकामा आन्तरिक लेखा परीक्षण सहायक (पाँचौँ तह) पदमा कार्यरत रहनुभएको थियो। मिति २०८२/११/२२ गतेदेखि लागू हुने गरी उहाँ अनिवार्य अवकाशमा जानुभएको हो।

उहाँले राष्ट्र सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै कार्यक्रममार्फत कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उहाँको इमान्दार सेवा, अनुभव र योगदानको प्रशंसा गरेका थिए।
यस अवसरमा सहभागीहरूले उहाँको आगामी जीवन स्वास्थ्य, सुख र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
