अन्तर पालिका बिद्यालयस्तरीय फुटबल बुद्ध माबिमा आज ४ खेल हुने

बकैया दर्पण संवाददाता
२३ कार्तिक २०८०, बिहीबार १३:१७

बकैया २२ कार्तिक । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा प्रथम बुद्ध कप अन्तर पालिका बिद्यालय स्तरीय फुटबल प्रतियोगितातको आज उद्घाटन खेलमा २ बिद्यालय भिडेका छन।

पहिलो उद्घाटन खेलमा आयोजक बुद्ध माध्यमिक बिद्यालय हात्तिसुडे ३ विरुद्ध देवकी माध्यामिक बिद्यालय ज्यामिरे ५ बिच बिहान १०:०० बजे भएको थियो भने ११:३० मा भानु माध्यमिक बिद्यालय गढी ३ विरुद्ध चन्द्रोदय माध्यमिक बिद्यालय हेनपा ८ सँग एको थियो ।

पहिलो उद्घाटन खेलमा बुद्ध मध्यमिक बिद्यालय हात्तिसुडे १ गोल र देवकी माध्यमिक बिद्यालय २ गोल गर्दै देवकी माध्यमिक बिध्यालयले जितको सुरुवात गरेको थियो भने दोस्रो खेलमा भानु माध्यमिक बिद्यालयले चन्द्राेदय माध्यमिक बिद्यालयलाई ६-० गाेल अन्तरमा हराउदै जित हासिल गरेको हो ।

आजै हुने खेल दिउँसो १:३० पन्चकन्या आधरभुत बिध्यालय बागमती ४ विरुद्ध प्रसिध्द माध्यमिक बिद्यालय बकैया १० भिड्नेछन भने दिउँसो ३ बजे जनक माध्यमिक बिद्यालय बकैया ७ भिरकोट विरुद्ध कालिदेबी माध्यमिक बिध्यालय बकैया ९ भिड्ने छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*