8A साइड “बुद्ध कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु

बकैया दर्पण संवाददाता
२३ कार्तिक २०८०, बिहीबार १३:०९

मकवानपुर । 8A साइड “बुद्ध कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरुमकवानपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यस विद्यालयको बालमैत्री कक्षाकोठा व्यवस्थापन सहयोगार्थ 8A साइड “बुद्ध कप अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना आजबाट सुरु भएको हाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी माेक्तानले स्वास्थ्यका लागि खेलकुद आयोजना हुनु राम्रो भएको बताउदै यस्ता प्रतियोगिताले खेल क्षेत्रमा विकास हुने अपेक्षा रहेको बताउनुभयाे ।

कार्यक्रममा बकैया गाउँ पालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, वडा अध्यक्षहरू राजन दङ्गाल, भुमलसिंह घलान, ज्ञानेन्द्र बजगाई, टंकध्वज लाेप्चनलगायतकाे उपस्थिति रहेको थियाे ।

शिक्षक तथा कर्मचारी, विव्यस र पिटिए पदाधिकारीहरूसहितको संयुक्त फुटबल प्रतियोगिता बुद्ध माध्यमिक बिद्यालयमा रहेको खेल मैदानमा भएको हाे । पहिलो खेलमा आयाेजक बुद्ध मावि बकैयालाई २-१ गाेल अन्तरले पराजित गर्दै देवकी मावि बागमतीले विजयी शुरुआत गरेको छ ।

विजेता हुने टिमलाई नगद रु.५०,०००।- ट्रफी, मेडल प्रमाण पत्र र द्वितीय हुने उपविजेता हुने टिमलाई नगद रु. ३०,०००।- ट्रफी, मेडल प्रमाण पत्र प्रदान गरिने आयाेजकले जानकारी दिएका छन् । साथै उत्कृष्ट खेलाडीलाई नगद रु. ३,०००।– मेडल उत्कृष्ट गोल किपरलाई नगद रु. २,०००।– मेडल,सर्वाधिक गोलकर्ता नगद रु. २,०००।– मेडल र सहभागी टिमलाई सहभागी भएको प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिने बिद्यालयका प्रअ प्रेम बाेम्जनले बताउनु भएको हो ।

फुटबल प्रतियोगिता २०८० कार्तिक २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*