तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबलमाको सिन्धुलीको जित सुरुवात

बकैया दर्पण संवाददाता
१३ कार्तिक २०८०, सोमबार २०:५२

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले विजयी सुरुवात गरेको छ ।

मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली विजयी भएको छ । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरङलाई ३ –० गोलको अन्तरले हराएको हो । खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका सगर माझी, राजेश माझी र सन्दिप माझीले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका राजेश माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*