रोनाल्डो चम्कदा पोर्चुगलको शानदार जित

बकैया दर्पण संवाददाता
३० आश्विन २०८०, मंगलवार ११:०३

एजेन्सी । युरोकप छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५–० गोल अन्तरले हराएको हो ।

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले शानदार जित निकालेको हो । पाहुना टोली पोर्चुगलले पहिलो हाफमै ५ गोल गरेको थियो ।

रोनाल्डोले पाँचौ मिनेटमा पेनाल्टीमार्फत दिलाएको अग्रतालाई २० औं मिनेटमा दोब्बर बनाएका थिए । ब्रुनो फर्नान्डेजले २५ औं मिनेटमा पोर्चुगलकालागि तेस्रो गोल गरेका थिए ।

जोआओ कान्सेलोले ३२ औं मिनेटमा टिमका लागि चौथों गोल गर्दा जोआओ फिलिक्सले पहिलो हाफअघि टिमका लागि पाँचौं गोल गरेका थिए ।

रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा गोल संख्या १ सय २७ पुर्याएका छन् ।

समूह जीबाट युरोकपमा छनोट भएको पोर्चुगलले सतप्रतिशत जित निकालेको छ ।

समूहको शीर्ष स्थानको पोर्चुगलको ८ खेलबाट २४ अंक भएको छ । बोस्निया ९ अंक सहित पुछारदेखि दोस्रोमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*