राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ ।
इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो । मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेकामा त्यो पनि हाललाई रोकिएको छ । राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।
गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय भइसकेको थियो । केही समयमै गुटेरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।