बकैया–१२ मा भोलि सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने
मकवानपुर । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा बकैया गाउँपालिका वडा नं–१२, मकवानपुरमा भोलि शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
मञ्जुशी संवत २८६२ को अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र बहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर छत्री लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति साथै चर्चित कलाकारहरू फूल कुमार बम्जन, रेश्मा बम्जन, बिष्णु घलान, जनक स्याङतान अमिर लोचन, प्रदीप बम्जन, रमेश गोले, राजकुमार बाईबा लगायतको विशेष प्रस्तुति रहनेछ। साथै आर्य स्याङतान ले नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
नेपाल तामाङ घेदुङ बकैया गाउँ कार्यसमितिको आयोजनामा हुने उक्त कार्यक्रमले तामाङ भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
