जीवन विकास लघुवित्तद्वारा बटकुलेमा व्यवसाय पुनःस्थापना सहयोग

बकैया दर्पण संवाददाता
२२ पुष २०८२, मंगलवार १३:४७

मकवानपुर : हेटौडा उपमहानगरपालिका वडा नं. १८ बटकुलेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले ग्राहक संरक्षण कोषमार्फत व्यवसाय पुनःस्थापनाका लागि सहयोग प्रदान गरेको छ।

केन्द्र नम्बर ०५१ की सदस्य अञ्जली राईलाई आत्मनिर्भर बनाउने उद्देश्यले चाउमिन तथा मःमः बनाउने व्यवसाय सञ्चालनका लागि आवश्यक किराना सामग्री र भाँडा वितरण गरिएको हो। उक्त सहयोगले उहाँको सानो व्यवसाय पुनःस्थापना भई आयआर्जनको अवसर सिर्जना हुने विश्वास संस्थाले व्यक्त गरेको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनका लागि ग्राहक संरक्षण कोषमार्फत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। यस किसिमको सहयोगले स्थानीय समुदायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*