कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

बकैया दर्पण संवाददाता
२१ बैशाख २०८२, आईतवार ०७:५५

मकवानपुर: हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरिको कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित ललितपुर तर्फको बागमती खोलामा बाटो बगाएपछि सडकखण्ड अवरुद्ध भएको हो ।

तस्बिर : जिल्ला प्रहरी कार्यलय मकवानपुर

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ६स्१५ बजे बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाको कारण बगाएको छ ।

अवरुद्ध बाटो प्रहरी टोली खटिएर खुलाउने पहल भइरहेको जनाएको छ । प्रहरीले हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*