नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण

बकैया दर्पण संवाददाता
३० चैत्र २०८१, आईतवार २१:११

बकैया दर्पण : नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण माझी निर्वाचित भएका छन् । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको प्रथम अधिबेशनले मकवानपुरका रामशरण माझीको अध्यक्षतामा १४ सदस्य प्रदेश कार्यसमिति सर्वसहमतीमा निर्वाचित गरेको छ ।


शनिबार सम्पन्न अधिबेशनले उपाध्यक्षमा रामेछापका बलबिर माझी (नबराज), महिला उपाध्यक्षमा काभ्रेपलान्चोकका मनिषा माझी, सचिवमा सिन्धुलीका प्रदिप माझी, कोषाध्यक्षमा रामेछापका सुर्य माझी, सह सचिवमा सिन्धुपाल्चोकका निर्मल माझी रहेका छन् ।
तेस्तै सदस्यहरुमा सविना माझी, हिरण माझी, सरोज माझी, पुर्ण बहादुर माझी, तारा बहादुर माझी, श्रीबहादुर माझी, अस्मिता माझी, कुसुम माझी निर्वाचित भएका छन् ।


शुक्रबार नेपाल माझी उत्थान संघ केन्द्रिय अध्यक्ष चिनिमाया माझिको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम रामेछापको कुनौरी सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*