सातौँ बकैया कपमा हिजो तीन खेल सम्पन्न, आज महिला तर्फ वडा–७ र वडा–५ भिड्दै

बकैया दर्पण संवाददाता
१ माघ २०८२, बुधबार ०६:४०

मकवानपुर,बकैया – बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको सातौँ बकैया कप फुटबल प्रतियोगितामा हिजो तीन वटा खेल सफलतापूर्वक सम्पन्न भएका छन्।


हिजो सम्पन्न पहिलो खेल महिला तर्फ वडा नं–३ र वडा नं–४ बीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा वडा नं–३ ले वडा नं–४ लाई २–० गोल अन्तरले पराजित गर्दै महिला तर्फको अर्को चरणमा प्रवेश गरेको छ।


त्यसैगरी, हिजै सम्पन्न पुरुष तर्फको खेलमा वडा नं–२ र वडा नं–१० बीच कडा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा वडा नं–२ ले वडा नं–१० लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेको हो।


हिजोको अन्तिम खेल वडा नं–६ र वडा नं–९ बीच सम्पन्न भएको थियो। उक्त खेलमा वडा नं–९ ले वडा नं–६ लाई ५–० को स्पष्ट गोल अन्तरले पराजित गर्दै आफ्नो जित सुनिश्चित गरेको छ। म्यन अफ दि म्याच अभिशेक भोलन बने ।

यसैबीच, सातौँ बकैया कप २०८२ अन्तर्गत आज तेस्रो दिन महिला तर्फको एक खेल मात्रै सञ्चालन हुनेछ। आज बिहान ७ बजे वडा नं–७ र वडा नं–५ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*