लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट २ जना पक्राउ

बकैया दर्पण संवाददाता
२४ चैत्र २०८१, सोमबार १८:३५

बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-१३ स्थित ठुलोथलीका २१ वर्षीय हरसित राज मुक्तान र राक्सीराङ-३ स्थित पलासीका २२ वर्षीय समतेन डिमडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चैत २२ गते राती १०:२० बजेको समयमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९, मौवाटारस्थित सुजिता गुरागाईको घरमा दुवै जनाई फेला पारी खानतलासी गर्ने क्रममा लुकाएर राखेको अवस्थामा फेलामा लागुऔषध बरामद गरेको हो ।

उनीहरुको साथबाट ३६ ग्राम ४२० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको र उक्त लागूऔषध बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट लागुऔषध कसुर मुद्धामा ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*