साफ यू-१९ फुटबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने

बकैया दर्पण संवाददाता
११ आश्विन २०८०, बिहीबार १३:००

मकवानपुर । काठमाडौंमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् ।

दशरथ रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो ।

खेलमा भारतले २६औँ मिनेटमा शाहिल खुर्सिदको गोलबाट अग्रता लिएको थियो भने ७४ औं मिनेटमा समिरले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा भारत ३–२ ले विजयी भयो ।

भारतले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*