साफ यू-१९ फुटबलको सेमिफाइनलका खेलहरू आज

बकैया दर्पण संवाददाता
१० आश्विन २०८०, बुधबार १०:१८

एजेन्सी । काठमाडौंमा जारी अण्डर नाइन्टिन साफ च्याम्पियनसिपको सेमिफाइनल खेलहरु बुधबार हुनेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले भुटानको सामना गर्नेछ । दशरथ रंगशालमा दिउसो साँढे १ बजे यो खेल सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा बुधबार साँझ साँढे ५ बजे नेपाल र भारत भिड्नेछन् । समुहको पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई हराउँदै समुह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारत भने अर्को समुहको विजेता भन्दै सेमिफाइनलमा उक्लिएको थियो । माल्दिभ्स र बंगलादेश समुह चरणबाटै बाहिरिएका छन् ।

बुधबार हुने सेमिफाइनल खेलका विजेताले उपाधिको लागि शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*