नेपालको भिडन्त भारतसँग पक्का

बकैया दर्पण संवाददाता
९ आश्विन २०८०, मंगलवार १०:३८

मकवानपुर । यू–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराएपछि नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो ।

समूह एको उपविजेताको रुपमा नेपालले समूह बीको विजेता भारतसँग सेमिफाइनलमा भिड्ने भएको हो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्समाथि ४–१ को शानदार जित सहित सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई २–१ ले हरायो । सुरुआती अग्रतालाई उल्ट्याउँदै भुटानमाथि भारतले जित निकालेको थियो ।

खेलको २० औं मिनेटमा जिग्मी नामग्यालको गोलमा भुटानले अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए । रिकी मितेइ हाओबमले ६४ औं मिनेटमा गोल गर्दै भारतलाई जित दिलाए ।

जित सहित भारत समूह बीको विजेता बन्यो । उसले समूह एको उप विजेता नेपालसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

समूह बीको उपविजेत भुटानले पाकिस्तानसँग सेमिफाइनलमा भिड्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*