सन्दीप दुर्लभ कीर्तिमान नजिक

बकैया दर्पण संवाददाता
९ आश्विन २०८०, मंगलवार १०:३६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने एक दुर्लभ कीर्तिमान नजिक पुगेका छन् ।

सन्दीप सर्वाधिक कम ईनिङमा टी-ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बन्दै छन् ।

यो कीर्तिमान बनाउन सन्दीप मात्र १५ विकेटले टाढा रहेका छन् । यो कीर्तिमान आफ्नो नाम गर्न सन्दीपले अबका ८ टी-ट्वान्टी आई खेलमा १५ विकेट आफ्नो नाम गर्नु पर्ने हुन्छ ।

अहिले यो कीर्तिमान अफगानस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ ईनिङमा १ सय विकेट पूरा गरेर यो कीर्तिमान आफ्नो नाममा गरेका थिए ।

३१ मे २०१८ मा सन्दीपले टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । सन्दीपले विश्व एघारबाट वेस्ट इन्डिजसँग खेल्दै टी-ट्वान्टी आईमा डेब्यु गरेका हुन् ।

सन्दीपले ४४ टी-ट्वान्टी आई ईनिङबाट ६ दशमलब ४ को ईकोनोमीमा ८५ विकेट लिएका छन् ।

सन्दीपले यसै वर्ष ओडिआईमा समेत सर्वाधिक कम ईनिङमा १ सय विकेटको कीर्तिमान बनाएका थिए ।

उनले ४२ ओडिआई ईनिङमा १ सय विकेट पूरा गर्दै यो कीर्तिमान आफ्नो नाममा गरेका थिए ।

नेपालले एक वर्ष पछि बुधबार मंगोलियाविरुद्ध टी-ट्वान्टी आई खेल्दैछ ।

एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेट अन्तर्गत नेपालको दोस्रो खेल आइतबार माल्दिभ्सविरुद्ध रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*