इंग्लीश प्रिमियर लिगमा लिभरपुलद्वारा वेष्ट ह्याम पराजित

बकैया दर्पण संवाददाता
८ आश्विन २०८०, सोमबार ११:०४

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोमोहद सालाह, डार्वीन नुनेज र डिएगो योटाले एक/ एक गोल गरे । वेष्ट ह्यामका ज्यारेड बोवेनले एक गोल फर्काए ।

जितसँगै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट शिर्ष स्थानको म्यान्चेस्टर सिटीको १८ अंक छ भने लिभरपुलको १६ अंक छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा आइतबार राति आर्सनल र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेल्दा एस्टन भिल्लाले चेल्सीलाई १–० ले हराएको छ ।

यसैगरि ब्राइटनले बर्नमाउथलाई ३–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई ८–० को फराकिलो अन्तरमा पराजित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*