रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरको जित

बकैया दर्पण संवाददाता
७ आश्विन २०८०, आईतवार ०९:३१

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले लगातार पाँचौ जित निकालेको छ ।

शुक्रबार राती भएको खेलमा रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल अहिल साउदीलाई पराजित गरेको हो ।

अल नासर ४-३ गोल अन्तरले विजयी भएको थियो । नासरका लागि कप्तान रोनाल्डो र टलिस्काले समान २/२ गोल गरेका थिए ।

त्यसै गरि अल अहिलका लागि फ्रान्सका, रियाद महरेज र फिरास अलव्रिकनले समान १/१ गोल गरेका थिए ।

यो जितसँगै अल नासर ७ खेलबाट १५ अंक सहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यस्तै, अल अहिल भने ७ खेलमा समान १५ अंक रहेपनि गोल अन्तरमा पछि रहेर छैटौं स्थानमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*