प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी

बकैया दर्पण संवाददाता
७ आश्विन २०८०, आईतवार ०९:१९

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा नटीङ्घम फरेष्टलाई २–० ले हरायो । सिटीको लागि फिल फोडेन र अर्लिङ ब्रट हाल्याण्डले एक एक गोल गरे ।

शनिबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नेलेमाथि १–० को जित निकाल्यो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे । प्रिमियर लिगका अन्य खेलहरुमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदा लुटन टाउन र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको तथा क्रिष्टल प्यालेस र फुल्हमले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा शपनबार रातिको खेलपछि ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । टोटनह्याम, लिभरपुल र आर्सनलले ५ खेलबाट १३ अंक जोडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*