क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि फैसलाको बहस सुरु

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार ११:२१

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा आइतबारबाट फैसला बहस सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आईतबार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सन्दीप सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*