नेयमार भारत आउने

बकैया दर्पण संवाददाता
८ भाद्र २०८०, शुक्रबार १२:५२

एजेन्सी । स्टार फुटबलर नेयमार भारत आउने भएका छन् ।

यसै सिजन साउदी क्लब अल हिलालमा अनुबन्ध भएका ब्राजिलियन फवार्ड नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारतको पुने आउने भएका हुन् ।

एएफसीले बिहिबार गरेको समूह विभाजनमा नेयमारको क्लब अल हिलाल समूह ‘डी’ मा भारतको मुम्बइ सिटी एफसीसँगै एकै परेको छ ।

एकै समूहमा परेपश्चात आफ्नो अबे खेल खेल्न नेयमार भारत आउने भएका हुन् ।

समूह डी मा उज्वेकिस्तानको नाभबाहोर नमाङगन र इरानियन क्लब एफसी नस्साजी मजनदरन पनि रहेका छन् ।

च्यापियन्स लिग होम एन्ड अबेको आधारमा हुनेछ । मुम्बईले पुनेको श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्सलाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ ।

अल हिलालले यसै सिजन नेयमारलाई अनुबन्ध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*