मेस्सीको कप्तानीमा मियामी फाइनलमा

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १३:११

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।

सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५(४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३३ गोलको बराबरि भएको थियो ।

टाइब्रेकरमा सिन्सिनाटिले पराजित गर्दै मियामीले लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो । केही दिन अघि मात्र मियामीले लिग्स कपको उपाधी जितेको थियो ।

अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*