राखेपलाई एन्फा साधारणसभा विधान सम्बत गरिदिन फुटबल क्लबहरुको माग

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १३:०९

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा विधान सम्बत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिष्द (राखेप) सँग अनुरोध गरेका छन् ।

एन्फाको विषेश साधारणसभा भदौ २४ लाई तय भएको छ । उक्त साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा परिक्षक नियुक्ति र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गराइदिन लगाएतका माग राख्दै बिभिन्न श्रेणीका ३५ क्लबले माग राखेका छन् ।

बिधान विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्जुअल बैठक गर्न मिल्ने व्यवस्था लेखिएको छ । त्यस्तै सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषय हरूमा समेत सहज छलफल गर्न पाउने बिधानको धारा ३७ (६) संम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने माग क्लबहरुले राखेका छन् ।

त्यसै क्लबहरुले गत महिना १९ गते बसेको बैठकले लेखा परीक्षक एल.यस.सि. एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भै सकेको अबस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्ने हेतुले बोलाईएको विशेष साधारण सभाको कुनै औचित्य नभएको साथै साधारण सभाको अधिकार कार्यसमितिले कुण्ठित गरेकोले त्यस्ता बिधान बिपरित कार्यको निन्दा गर्दै कार्यसमितिले केबल साधारण भामा लाने प्रस्ताव मात्र निर्णय गर्न सक्ने व्यवस्था रहेको भन्दै ध्यानाकर्षण गरेको छ ।

त्यस्तै क्लबहरुले एन्फाले आयोजना गरेको सहिद स्मारक लिग अन्तर्गत ए. बि. र सि डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि एन्फाले भुक्तानी नगरेकोले यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरु संग पटक पटक छलफल तथा बिभीन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसकेको हुंदा यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकोले अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*