सन्दीपले पछि पारे हसरंगालाई

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १३:०६

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगालाई बलिङ वरीयतामा पछि पारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा यथावत रहेका छन् ।
सन्दीप २२ औं स्थानमा रहँदा श्रीलंकाका चर्चित स्पिनर हसरंगा भने ३१ औं स्थानमा रहेका छन् ।

सन्दीपले आदिल राशिद, युजभेन्द्र चहल, मोहम्मद सामी लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी एक स्थान तल झरेर ८० औं स्थानमा यथावत छन् । अर्का बलर दीपेन्द्र सिंह ऐरी ६३ औं स्थानमा यथावत रहेका छन् ।

तिव्र गतिका बलर करण केसीको एक स्थान माथि उक्लिएर ८६ औं स्थानमा छन् । स्पिनर ललित राजवंशी ९८ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेल एक स्थान माथि उक्लिएर ७३ औं स्थानमा छन् ।

ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख पनि ८० औं स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवुड शीर्ष स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*