विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १४:५७

एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।

विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।

ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले उपाधि जितेको थियो । मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।

उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुवाको मृत्यको खबर दिइएको थियो । उनको बुवाको निधन विश्वकपको दिन आइतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*