मछिन्द्रमाथि मोहन बगानको जित

बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार १२:३७

एजेन्सी । एएफसी कप छनोटमा नेपाली टोली मछिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टविरुद्ध पराजित भएको छ ।

यो पराजयसँगै मछिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतमा भएको खेलमा मछिन्द्र मोहन बगानसँग ३-१ गोलअन्तरले पराजित भएको हो ।

मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउको गोल सान्तवना सावित भयो ।

मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ । आज भएको प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २-१ ले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*