न्यायाधीश खतिवडाको एकल इजलासमा सन्दीपको बलात्कार मुद्दा

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार ११:५६

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ आज हुँदैछ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा आज उनको मुद्दाको सुनुवाइ हुँदैछ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक सर्दै आएको छ ।

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ बिहीबार हुँदैछ। विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक(पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला अन्योलता कायमै छ।

यद्यपि अदालतले सबै प्रक्रिया पूरा भएकाले अन्तिम सुनुवाइ हुनेमा सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे विश्वस्त छन्।

उनी भन्छन्, ‘यसअघि क्षतिपूर्तिका विषयहरू उठाएर फाइनल बहस धकेलियो। क्षतिपूर्तिको विषय किनारा लागेपछि अब अन्तिम सुनुवाइ स्थगित गर्नुपर्ने कारण छैन।’

घिमिरेले सन्दीप मानसिक रूपमा थकित भएको भन्दै कानुनरूपमा दोषी या निर्दोष जे भए पनि फैसला आउनु पर्ने बताए।

‘अहिले उसको करिअरको कुरा छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूको चासो छ। राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलहरू छन्। यस्तो माइन्डसेटमा उसले कसरी खेल्न सक्छरु त्यसैले चाँडो न्यायिक फैसला हुनु पर्छ’, उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*