कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८०, आईतवार १०:४७

मकवानपुर । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो । तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै उपाधिका लागि निर्णायक भयो ।

योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधि जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*