रोनाल्डोको गोलमा अल नासिर फाइनलमा

बकैया दर्पण संवाददाता
२५ श्रावण २०८०, बिहीबार १०:२३

एजेन्सी । अरब क्लब च्याम्पियन्स कपमा अल नासिर क्लब फाइनल पुगेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो ।

अल नासिरका कप्तान रहेका रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टीमा गोल गरे । उनकै गोलमा साउदी क्लब अल नासिरले इराकी क्लब अल सोर्टालाई १–० गोल अन्तरले पराजित गर्यो ।

उनले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डो चुकेनन् ।

पहिलो हाफमा रोनाल्डोको गोलले अफ साईडका कारण मान्यता पाएको थिएन ।

शनिबार हुने फाइनलमा अल नासिरले साउदीकै क्लब अल हिलालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*