मियामीमा मेस्सीको डेब्यु : अन्तिम मिनेटमा फ्री-किकमार्फत गोल गरेपछि विजयी

बकैया दर्पण संवाददाता
६ श्रावण २०८०, शनिबार १३:२४

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले डेब्यु खेलमा नै फ्री-किकमार्फत गोल गरेपछि इन्टर मियामी विजयी भएको छ ।

मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २–१ ले हराएको छ । खेलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले खेलमा अग्रता बनाएको थियो । युरिएल अन्तुनाले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर मेस्सीले इन्टर मियामीका लागि डेब्यु खेलमा नै अन्तिम मिनेटमा प्राप्त फ्रिकिकमा गोल गरे । उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

जितपछि लिग कप साउथ अन्तर्गत समूह ‘सी’ को मियामीले तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् । मेस्सी हालै पेरिस सेन्ट जर्मेइन (पीएसजी) छोडेर लिग क्लब इन्टर मियामीमा अनुबन्ध भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*