पाकिस्तान ‘ए’सँग नेपाल पराजित

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १६:०४

मकपानपुर । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२।५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका तर्फबाट ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*